काठमाडौं - नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको आइतबार भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।
यसअघि एपोनको अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ।
यस्तै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन भएका एपोनले जनाएको छ।