काठमाडाैं - महामारीजन्य रोगका लागि खोप उत्पादनका लागि उद्योग स्थापना गर्न ऋण उपलब्ध गराइने भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उक्त घाेषणा गरिएको हाे।
सरकारले कोभिडको खोप उत्पादनका लागि उद्योग खोल्ने साझा कार्यक्रम सार्वजनिक गरेको थियो।
सरकारको उक्त कार्यक्रमको आधारमा मौद्रित नीतिले यस्तो नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले बताए।