काठमाडौं– सरकारले लिक्विड तथा अक्सिजन प्लान्ट स्थापना गर्न कर्जा उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न करोडौंको कर्जा उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएका हुन्।
स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुले लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न रु ५० करोडसम्म र अक्सिजन प्लाणन्ट स्थापना गर्न रु २० करोडसम्मको कर्जा पाउने सो नीतिमा उल्लेख छ।