काठमाडौं- विश्वविद्यालय स्तरको विद्यार्थीलाई पर्सीदेखि कोरोनाविरुद्धको खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले एक शुक्रबार एक सूचना प्रकाशित गर्दै परीक्षाको प्रवेश पत्र पाएका विद्यार्थीलाई अष्ट्राजेनेका वा भेरोसेल पहिलो मात्रा खोप दिने जानकारी दिएको हो।
विद्यार्थीका लागि पहिलो मात्रा खोप निजामती अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसिलेसन सेन्टरमा दिइँदै आएको छ।
‘भोलि शनिबार एक दिन सो खोप लाउने कार्य बन्द हुनेछ र ३१ पुनः खोप लाउने कार्य सुरु हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ।
यस्तै, कोभिशिल्ड पहिलो मात्रा लगाएकालाई अष्ट्राजेनेका दोस्रो मात्रा पनि पर्सीदेखि दिइने भएको छ।