रोल्पा- रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ। स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।
माडी गाउँपालिकाका-२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो। दुर्घटनामा एक जना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो।
रासस