पोखरा- पोखरामै पहिलोपटक अस्पताल डिस्चार्ज पछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवाप्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रालिको स्थापना भएको छ।
पोखराका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरु, अनुभवी फिजियो थेरापिस्ट, स्वास्थ्य क्षेत्रमा दशकौं लामो समय काम गरेका स्वास्थ्य व्यवसायी लगायतको संयुक्त पहलमा केयर होमको स्थापना गरिएको हो।
विशेषगरी अस्पताल डिस्चार्ज पछिका बिरामीहरु जसलाई अस्पतालमै भर्ना गरिराख्न आवश्यक छैन तर घरमा हेरचाहको लागि जटिलता र जोखिम छ त्यस्ता खालका बिरामीहरुलाई यस सेन्टरमा राख्ने गरिन्छ।
साथै टाढाबाट उपचारका लागि पोखरा आउने बिरामीलाई उपचार पश्चात फलोअपमा अस्पताल गईराख्नुपर्ने समय र जोखिम बढी हुने कुरालाई मध्यनजर गर्दै आवासीय स्वास्थ्य सेवा प्रवन्ध गर्न समेत यस संस्थालाई अगाडी बढाईएको प्रालिले जानकारी दिएको छ।

अस्पताल डिस्चार्ज पछि कतिपय बिरामीहरुको अवस्था नाजुक हुने घरमा लैजाँदा अझ बिग्रन सक्ने हुदाँ बिरामीको अवस्था सामान्य हुदाँसम्मको लागि यस सेन्टरमा राख्न सकिन्छ। बिशेषगरी अक्सिजन दिई राख्नुपर्ने, ट्रयाकेस्टोमि, बेड शोर,सेरिब्रलपालेसी, नियमित फिजियोथेरापि चाहिने बिरामीहरुले यस सेन्टरमा सेवालिन सक्नेछन।
प्रालिले जानकारी दिएअनुसार डाक्टरको निगरानीमा २४ सै घण्टा नर्सिङ केयर, कुरुवा बस्न नपर्ने गरी २४सैं घण्टा केयरगिभर सेवा,फिजियोथेरापि,ल्याव,खाना तथा बस्ने सुविधा, सम्पूर्ण व्यक्तिगत सरसफाई तथा स्याहार सेवा, दैनिक डाक्टर हेरचाह लगायतको सेवाहरु प्रदान गर्दछ।
यी सेवाहरु घरमै लिदाँ बिरामीलाई ठुलो आर्थिक भार पर्ने, जोखिम हुने , बिरामीका आफन्तहरुलाई डर तथा हुने हुदाँ आर्थिक, सुरक्षा र सहजताका हिसाबले पनि यस संस्था बिरामीहरुको लागि उपयोगि हुने संस्थाका मेडिकल डाईरेक्टर सुदिप रेग्मीले बताए।
माथि उल्लेखित सेवाहरु बाहेक यस केयरहोममा पक्षघात भई पूर्ण तथा आंशिक रुपमा शरीर नचल्ने (प्यारालाईसिस), ज्येष्ठ नागरिक, डिमेन्सिया, पार्केन्सन,बालबालिकाहरुमा हुने अटिजम, अपाङ्गता, स्पोर्ट ईन्जुरी,न्यूरो पुन:स्थापना,पोष्ट ट्रमा पुन:स्थापना सेवा लयायत शारीरीक तथा मानसिक दुर्बलता भएका जुनसुकै उमेर समुहका बिरामीहरुले सेवा लिन सक्नेछन। साथै यस फेवा केयर होमले फिजियोथेरापि सहितको डे केयर सेवा समेत संचालन गरेको छ।
फिजियोथेरापिस्ट शुभ कोइरालाका अनुसार घरका परिवारहरु आफनो कामले गर्दा दिनभर कार्यक्षेत्रमै खटिनुपर्ने हुन्छ जसले गर्दा घरमा अरुको स्याहारमा बस्नुपर्ने सदस्यहरुले राम्रो स्याहार नपाउने भएकाले डे केयर प्रभावकारी हुने बताए।
उनले समयमा औषधी नखाने, दिनभर घरमाएक्लै बस्दा मानशिक रुपमा समेत विभिन्न समस्याहरु देखा पर्ने, शारिरीक क्रियाकलापहरुमा कमि हुन गई शरीर शिथिलहुने जस्ता समस्या देखिएको बताए। 'त्यस्ता समस्याहरुलाई न्यूनिकरण गर्न फिजियोथेरापी, विभिन्न मनोरञ्जनात्मक कृयाकलाप र स्वास्थ्यकर्मिहरुको हेरचाह सहितको यस डे केयर निकै नै प्रभावकारी हुने गरेकाे छ,'उनले भने।