डडेल्धुरा- डडेल्धुरा अस्पतालले कुनै पनि कर्मचारीले अस्पतालमा आएका बिरामीलाई परीक्षण, जाँच तथा औषधि लगायतका सामग्री किन्न निजी क्लिनिक तथा फार्मेसीमा नपठाउन अनुरोध गरेको छ।
अस्पतालले सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा नै बिरामीलाई आवश्यक जाँच, परीक्षण तथा औषधि र सामग्रीहरु सुलभ मूल्यमा पाइने भएकाले बाहिर चेक जाँच, परीक्षण वा औषधि खरिद गर्न निजी क्लिनिक र फार्मेसीमा नपाठाउन भनेको हो। यदी कसैले बाहिर पठाएको पाइएमा अस्पताल प्रशासनमा जानकारी गराउन पनि सार्वजनिक रुपमा अनुरोध गरेको छ।
