काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका सात जना डाक्टरलाई दशौं तहमा स्तरवृद्धि गरेको छ। मन्त्रालयले योग्यता पुगेका ७ जनालाई स्तरवृद्धि गरेको जनाएको छ।
मन्त्रालयका अनुसार यी हुन् स्तरवृद्धि भएका सात डाक्टर
गुल्मी अस्पतालका मेसु डा उत्तम पच्या
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी
दमौली अस्पतालमा मेसु डा सुनील पौडेल
सेती अस्पतालका कन्सलट्यान्ट डा जगदीश जोशी
प्युठान अस्पतालका मेसु डा नविन दर्नाल
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा बुद्धि प्रसाद पौडेल
वरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहता