काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्। राज्यमन्त्री श्रेष्ठले आइतबार महेश्वर श्रेष्ठलाई प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
प्राविधिक सल्लाहकारमा नियुक्त श्रेष्ठले आज सोमबार मन्त्रालयबाट पत्र बुझेका छन्। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो।
लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख महेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा तान्दै प्राविधिक सल्लाहकारको जिम्मा दिइएको हो।
स्वास्थ्य शिक्षा समूहका ११औं तहका श्रेष्ठ समायोजनका क्रममा प्रदेश तालिम केन्द्रमा परेका थिए। उनलाई आइतबार मन्त्रालयमा तान्ने निर्णय भएको हो।
जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत रहेका श्रेष्ठ पहिलो पटक केन्द्रमा सरुवा भएर आएका हुन्। यसअघि उनले १८ वटा जिल्लामा रहेर सेवा दिएका छन्।