काठमाडौं- कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधिको थप दुई सय भाइल नेपाल भित्रिएको छ।
यतिकेम डिस्टिव्युटर प्रालिले तेस्रो खेपको रुपमा टोसिलिजुमाव औषधिको थप दुई सय भाइल काठमाडौं ल्याएको औषधि व्यवस्था विभागले जनाएको छ। योसँगै यतिकेमले हालसम्म भित्र्याएको औषधिको परिणाम एक हजार भाइल पुगेको छ।
विभागले यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव औषधि ल्याउन अनुमति दिएको थियो। यसअघि यतिकेमले हालसम्म ५ सय र ३ सय गरी ७ सय भाइल खोप भित्र्याइरसकेको छ। बाँकी परिणामको औषधि ल्याउने तयारी भइरहेको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।