काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अनुसन्धान विभाग प्रमुखमा डा मोहनराज शर्मा नियुक्त भएका छन्। उनले आज अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।
नवनियुक्त अनुसन्धान निर्देशक डा शर्माले जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले अनुसन्धानको कामलाई अगाडि बढ्न आफू लागिपर्ने पनि बताएका छन्।
डा शर्मा त्रिवि शिक्षण अस्पतालमा न्यूरो सर्जनका रुपमा कार्यरत छन्।