काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई छलफलका लागि बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे छलफलका लागि बोलाएको डा केसी अलायन्सका प्रतिम सुवेदीले जानकारी दिए।
डा केसीले ५ बुँदे माग राखेका छन्। उनले आफ्ना ५ बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए। डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएका हुन्।
सुवेदीका अनुसार छलफलका लागि डा केसीसहितको टिम बालुवाटार जाने भएका छन्।