काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी पक्षबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट छलफल सुरु भएको हो।
छलफलमा डा केसीका तर्फबाट ६ जनाको टोली रहेको छ। डा केसीले ५ बुँदे माग राखेका छन्। उनले आफ्ना ५ बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए। डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएका हुन्।