काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा एक हजार ३३ कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७३ जना रहेका छन्। यसैगरी ललितपुरमा २१९ र भक्तपुरमा १४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार २७४ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो।