काठमाडौं- नेपालको कोल्डचेनको क्षमता विस्तारमा युनिसेफले सहयोग गर्ने भएको छ।
कोरोना महामारी सुरु भएसँगै ठूलो मात्रामा आउने खोप भण्डारणमा समस्या भएको र सबै प्रदेशम कोल्डचेन नभएकोले क्षमता बढाउने विषयमा छलफल भएको हो।
सरकारले सातै प्रदेशमा कोल्ड हाउस निर्माण गरेको छ। व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बढेबाबु थापाले सातै प्रदेशमा भवन बनिसकेको र अब फ्रिजलगायतका सामग्री राख्ने काम बाँकी रहेको बताए।
यसैबिच, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज युनिसेफका पदाधिकारीसँग कोल्ड चेनको विकास र विस्तारबारे छलफल गरेका छन्।
युनिसेफले नेपाललाई खोप भण्डारणका लागि रेफ्रिजेनेरेटर लगायतका सामग्री उपलब्ध गराउने छ।
अहिले केन्द्रमा खोपको भण्डार र ढुवानी गर्न केन्द्रीय भ्याक्सिन स्टोर, सात प्रदेशमा आपूर्ति केन्द्र, ७७ जिल्लामा जिल्ला भ्याक्सिन स्टोर, करिब २ सय सब भ्याक्सिन स्टोर ( जिल्लाबाहिर) छन्।