हुम्ला- हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-१ जैरमा कर्णाली प्रदेश सरकारको मातहतमा रहेको सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द रहेको छ।
वडा नं १ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द हुँदा यहाँका नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन्। स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।
विसं २०७६ देखि स्वास्थ्य एकाइ सञ्चालनमा आएको थियो। यसअघि एकाइमा एक–एक अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी छ। गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ। स्वास्थ्यकर्मी नहुँदा थप स्थानीयवासी समस्यामा परेका छन्। एकाइमा दैनिक १०१२ सम्म बिरामी उपचारमा आउने गर्छन्।
रासस