काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कान्ति बाल अस्पतालतको निर्देशकमा अजित रायमाझीलाई नियुक्त गरेको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा रायमाझीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। डा रायमाझीले यसअघि पनि उक्त जिम्मेवारी निर्वाह गरिसकेका छन्।
कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको निमित्त निर्देशकको जिम्मेवारी दिइएपछि कान्ति अस्पताल निर्देशक विहीन थियो।