काठमाडौं - स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा प्रमुख जनस्वास्थ्य प्रशासक केशव पण्डितलाई प्रमुखको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै पण्डितलाई प्रमुखको जिम्मेवारी दिएका हुन्।
तालिम केन्द्रका निर्देशक डा यदुचन्द्र घिमिरेलाई हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ। डा घिमिरेलाई काज फिर्ता गरी त्यहाँ पठाइएको हो।