काठमाडौं- सरकारले निजी अस्पतालहरुको अनुगमनका क्रममा अधिकांश अस्पतालमा मुख्य १० समस्या फेला पारेको छ। स्वास्थ्य सेवा विभागले ५१ देखि २०० शय्यासम्मका ८१ वटा अस्पतालको अनुगमन गरेको थियो।
विभागको नियमन क्षेत्रमा रहेका ९९ मध्ये ८१ वटा अस्पतालको अनुगमनका क्रममा अधिकांश अस्पतालमा मुख्य १० समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार यी हुन् निजी अस्पतालमा देखिएका मुख्य १० समस्या
- भौतिक संरचना कमजोर
- आवासीय तथा व्यापारिक प्रयोजनका लागि बनेका ठाउँमा सञ्चालन
- कार्ययोजना अनुसार काम नगरेको
- उपकरण तथा औजार मापदण्ड अनुसार व्यवस्थापन नभएको
- मापदण्ड अनुसार प्रयोगशाला नभएको
- ज्येष्ठ नागरिक कक्ष नरहेको
- फोहोरमैलाको उचित व्यवस्थापन नभएको
- सघन उपचार कक्ष तथा नर्सिङ कर्मचारी तोकिएको अनुपातभन्दा घटी राखेको
- संक्रामक रोगको लागि उचित प्रबन्ध नगरेको
- अधिकांश अस्पतालका जनशक्ति पूर्णकालिन नरहेको
अनुगमनका क्रममा भेटिएका यी समस्या हरेक वर्षजस्तै दोहोरिने तर सुधार नहुने देखिएपछि महालेखा परीक्षकको कार्यालयले मापदण्ड अनुसार सञ्चालन नभएका संस्थालाई कारबाही गर्न सुझाव दिएको छ।