काठमाडौं - कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको पाइएको छ। कुल मृतक संख्यामध्ये ५ हजार ६२९ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हाल कोरोना संक्रमित मृतककोे संख्या १० हजार ४८५ पुगेको छ। गत २४ घण्टामा मात्र ३० जना संक्रमितले ज्यान गुमाएका छन्।
सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्ष उमेरका व्यक्ति छन्। हालसम्म ५० देखि ५९ वर्षका २ हजार ६३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
यस्तै, ४० देखि ४९ वर्षका १ हजार ४९४, ३० देखि ३९ वर्षका ८६६, २० देखि २९ वर्षका ३२९, १० देखि १९ वर्षका ५२, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।