काठमाडौं- दन्त चिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ, मोरङ्गमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा डा प्रेक्षा दली विजयी भएकी छिन्।
अध्यक्ष पदका लागि भएको मतलानमा बराबर ४८ मत खसपछि गोला प्रथाद्वारा डा दली विजयी भएकी हुन्। अन्य पदमा भने सर्वसम्मत चयन भएको थियो।
संघको उपाध्यक्षमा डा विवेक सिंह, महासचिवमा डा मीरा आचार्य, कोषाध्यक्षमा डा पवन मेहता, सहसचिवमा डा विशाल राज जोशी र सदस्यहरुमा डा प्राची भगत, डा निलेश देव, डा अमित कुमार सिंह,डा आदित्य शाह सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत डा धिरेन्द्र गिरिले जानकारी दिएका छन्।