काठमाडौं- नेपाल स्वसंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७औं पटक रक्तदान गरेका छन्। न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा, धुनिबेसी - ४ , धादिङमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन्।
कार्यक्रममा कर्माचार्यसहित ३५ जानले रक्तदान गरेको क्लबले जानकारी दिएको छ। कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
क्लबका संस्थपक एवं सल्लाहकार राजाराम पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी रक्तदाता कर्माचार्य र स्वास्थ्य सेवा विभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा.मनिता राजकर्णिकार विशेष अतिथि रहेका थिए।
उक्त कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई क्लबको तर्फबाट सार्वजनिक अभिनन्दन समेत गरिएको छ।