काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जनामा कोरोना पुष्टि भएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार २० र चार हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर दुई हजार ८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ एक जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार १४५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार १०५ भने ६२० जना आइसियुमा र १७० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३९५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।