काठमाडौं- सरकारले दुई रोगको रोकथाम तथा उपचारमा प्रयोग हुने खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड र हैजाका खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार सार्स-कोभ-२-एम आरएनए खोप र हैजाको खोपको क्लिनिकल ट्रायलको अनुमति दिइएको हो। कोभिड खोप चीनको तीनवटा कम्पनीले उत्पादन गरेका हुन्। यस्तै, हैजाको खोप भने गेट्स फाउन्डेसनको प्रमुख लगानीमा उत्पादन भएको हो।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सिफारिसका आधारमा क्लिनिकल ट्रायलका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।