काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ८५७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ८६६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार २२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ।
उक्त अवधिमा २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।
हाल ३३ हजार ८३५ जना होम आइसोलेसन र ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा छन्। ३४६ जना क्वारेन्टाइन, ६१५ जना आइसीयू र १७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।