काठमाडौं - कोरोना संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा भेटिएका कुल एक हजार ८५७ संक्रमितमध्ये २१ देखि ३० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १ हजार ८५७ जना संक्रमित भेटिएकोमा ३६६ जना मात्र २१ देखि ३० वर्षका छन्। त्यसपछि ३१ देखि ४० वर्षका व्यक्ति यो सूचीको दोस्रो नम्बरमा छ। ३२९ जना संक्रमित ३१ देखि ४० वर्ष उमेर समूहका छन्।
यस्तै, ४१ देखि ५० वर्षका २४८, ५१ देखि ६० वर्षका १७१, ११ देखि २० वर्षका १५२, ६१ देखि ७० वर्षका ९७, ७१ देखि ८० वर्षका ६९, ८० वर्ष माथिका ३३ र १० वर्षसम्मका ५१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।