काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार कल्याण महाशाखा प्रमुखमा डा विवेक कुमार लाललाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा लाललाई महाशाखाको निर्देशकमा नियुक्त गरेका हुन्।
डा लाल सार्क क्षयरोग केन्द्रमा निर्देशक थिए। उनलाई महाशाखामा ल्याइएपछि उनको स्थानमा परिवार कल्याण महाशाखाका निर्देशक रहेका डा तारानाथ पोखरेललाई पठाइएको छ। मन्त्रालयले उनीहरु दुई जनाको जिम्मेवारी हेरफेर गरेको हो।