काठमाडौं- राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक फेरिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार केन्द्रको निर्देशकमा डा प्रकाश शाहलाई ल्याएको छ।
राज्यमन्त्री उमेश श्रेष्ठले शाहलाई केन्द्रको निर्देशकमा नियुक्त गरेका हुन्। केन्द्रमा निर्देशक रहेका डा अनुज भट्टचनलाई सरुवा गरिएको छ। उनलाई कर्णाली प्रदेशमा पठाइएको छ।