काठमाडौं- स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुखमा वरिष्ठ जनस्वास्थ्य प्रमुख सागर दाहाल नियुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शाखा प्रमुखमा रहेका डा झलक शर्मा गौतमलाई सरुवा गरेर दाहाललाई जिम्मेवारी दिएको होश्र
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार वरिष्ठ जनस्वास्थ्य प्रमुख दाहाललाई शाखा प्रमुखमा नियुक्त गरेका हुन्। गौतमलाई गौतमलाई व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।