काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।
नर्भिकले तीज पर्वको अवसरमा सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो। भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तीज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ। बेसिक प्याकेज लिँदा अरु बेलाको दर ८ हजार रुपैयाँ रहेकोमा तीजको अवसरमा ६ हजार ६६६ कायम गरिएको छ।
यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला १० हजार रुपैयाँ पर्नेमा तीजमा छुट गरी ७ हजार ७७७ कायम गरिएको छ।
यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य १३ हजार ४ सय रहेकोमा तीजको अफर अन्तर्गत ९ हजार ९९९ तोकिएको छ।
यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ।
यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा पनि सस्तो दरको प्याकेज घोषणा गरेको छ। अरु बेला ८ हजार ६५० पर्ने प्याकेजलाई ६ हजार ५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो। यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ।