फाइल तस्बिर
सप्तरी- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ। सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्नसकिने क्षमता रहेको छ। सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताए।
तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको र चाँडैनै अस्पतालमा जडान गरिने उनले जानकारी दिए। साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको र ढलानको काम मात्र बाँकी रहेकाले छिट्टै नै अक्सिजन प्लान्ट स्थापना गरिने जनाइएको छ ।
यहाँ अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरी जिल्लासहित उदयपुर, सिरहा र सुनसरीसहितका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा झाले बताए। हाल अस्पतालमा सात वटा भेन्टिलेटरसहित १५ श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ। रासस