काठमाडौं– जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको नयाँ कार्यकारिणी समितिमा पदाधिकारी सर्वसम्मत चयन भएका छन्।
निर्वाचन समितिले आइतबार प्रकाशित गरेको उम्मेदवारको प्रारम्भि नामावलीमा कसैको पनि दावी विरोध नपरेपछि सोमबार सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका हुन्।
जसमा अध्यक्षमा डा पदम नेपाली, उपाध्यक्ष डा बुध्दिनाथ शाह, सचिवमा डा राकेश वर्मा, कोषध्यक्षमा डा सन्तोष धरेल, सहसचिवमा डा अनित तिमिल्सिना रहेका छन्। यस्तै सदस्यहरुमा डा आस्था पाठक, डा अच्युत शर्मा न्यौपाने, डा उत्सव चापागाईं, डा चन्दन चौधरी, डा पूजा बिसी, डा पुरन्जन थापा, डा विकास खड्का र डा विकास श्रेष्ठ रहेका छन्।