काठमाडौं- २०७८ कृष्णजन्माष्टमीको दिनबाट वात्सल्य सेवाको ५ औं वर्षमा प्रवेश गरेको छ। वार्षीकोत्सवका अवसरमा भदौ महिनाभर प्रजनन् जाँचका लागि आउने दम्पतिका लागि वात्सल्यले नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्डको व्यवस्था गरेको छ।
लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतिका लागि यस नि:शुल्क योजनाले आधुनिक प्रजनन् सेवा सम्बन्धि बुझ्न र सन्तान प्राप्तिको सम्भावना पहिल्याउन मद्दत पुर्याउने विश्वास वात्सल्यले लिएको छ।
प्रजनन् उपचारमा अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले निरन्तर उच्च आइभिएफ सफलता दर हासिल गर्दै आएको जनाएको छ। हालसम्म वात्सल्यमा करिब तीन हजार दम्पतिले आइभिएफ्, आइयूआइ तथा अन्य उपचार विधिबाट सफलतापूर्वक सन्तान प्राप्त गर्न सफल भएका छन्।