काठमाडौं- यतिबेला देशभर कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको छ। सहरी क्षेत्रदेखि दुर्गम क्षेत्रसम्म सरकारले कोभिड भ्याक्सिन पुर्याखएको छ। सहरी क्षेत्रमा भ्याक्सिन ढुवानी सहज भए पनि दुर दराजमा भने निकै दु:ख गरेर खोप लैजानु पर्ने बाध्यता छ।
बाजुरा जाने मुल सडकमा पहिरोले अवरोध गरेपछि पहिरो छिचोल्दै बोकेर भ्याक्सिन लगिएको छ। बाजुरा जाने सडक खण्डको बल्दे भन्ने स्थानमा ठूलो पहिरो गएको छ। उक्त स्थानमा र पहिरोका कारण सडक अवरुद्ध भएका स्थानमा बोकेर नै भ्याक्सिन लगिएको छ।
तस्बिर सौजन्य : युनिसेफ नेपाल