दाङ- राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई कालोमोसो दलेर भागेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार परियार मंगलबार बिहान आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।
शुक्रबार अस्पतालमा उपचारका लागि आएको क्रममा ६ जना युवाहरुको समूहले आफूमाथि कालोमोसो दलेको मेसु डा सिंहले बताएका छन्। त्यसपछि ६ जना नै भागेका थिए। मुख्य आरोपी ६ जनामध्ये तीन जना पक्राउ परेका छन् भने बाँकी तीन जना अझै फरार छन्।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार पक्राउ परेकालाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको छ।
मेसुमाथि कालोमोसो दलेपछि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका छन्।
यो पनि
गुण्डागर्दी शैलीमा कालोमोसो दलेर गए: डा विनोद सिंह