काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।
परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड-१९ संक्रमणका कारण स्थगित भएको थियो। परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार असारमा स्थगित परीक्षा अब भदौमा हुने भएको हो। उनका अनुसार परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा हुने छ।
कुन विषयको परीक्षा कहिले?