काठमाडौं - चिकित्साशास्त्र अध्ययन संस्थान नेपाल (आइओएम) को एसिस्टन्ट डिनमा डा सरोज ओझा र तक्मा केसी नियुक्त भएका छन्।
शैक्षिकबाट डा ओझा र नर्सिङबाट केसी एसिस्टेन्ट डिनमा नियुक्त भएको डिनको कार्यालयले जनाएको छ। डिनको सिफारिसमा त्रिभुवन विश्वविद्यालयले एसिस्टेन्ट डिनको नियुक्त गरेको हो।