काठमाडौं - कोरोना संक्रमित हुनेमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २१ देखि ४० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २ हजार ४ जना संक्रमित भेटिएकोमा ७६८ जना मात्र २१ देखि ४० वर्षका छन्। २१ देखि ३० र ३१ देखि ४० वर्षका समान ३८४ जना संक्रमित भेटिएका हुन्।
यस्तै, ४१ देखि ५० वर्षका २६०, ५१ देखि ६० वर्षका २१०, ११ देखि २० वर्षका ११९, ६१ देखि ७० वर्षका ११५, ७१ देखि ८० वर्षका ६६, ८० वर्ष माथिका ४३ र १० वर्षसम्मका ३८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।