काठमाडौं- नेपाल नर्सिर्ङ काउन्सिलले शनिबार लिएको नर्सिङ तथा मिडवाइफ्रि विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८९ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा नर्सिङ तर्फ ८८ दशमलब ५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
परीक्षाका लागि नर्सिङ तर्फ ५ हजार ६२१ जनाले फारम भरेका थिए । तर परीक्षाका कुल ५ हजार ५८४ जना सहभागी भएका थिए। जसमा ४ हजार ९४७ जना उत्तीर्ण भएका हुन् । मिडवाईफ्री तर्फ १० जना परीक्षामा सहभागी भएकोमा ९ जना उत्तीर्ण भएका थिए ।
शनिबारको परीक्षा नर्सिङ तर्फ २७ औँ र मिडवाईफ्री तर्फ चौथो हो । परीक्षाका लागि सबै केन्द्र काठमाडौँमै तोकिएको थियो ।