काठमाडौं- सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको निर्णय अनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो।
उत्कृष्ट निजामती पुरस्कार पाउनेमा स्वास्थ्य सेवा अन्तर्गतका डा भिमसिंह टिंकरी पनि छन्। उनीसहित १० जनाले उत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाउने छन्।
डा टिंकरी हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा कार्यरत छन्। उनी महाशाखाका निर्देशक हुन्।
पुरस्कारको राशि एक लाख रहेको छ। सरकारले दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट गरेको छैन।
यी हुन् पुरस्कार पाउने ४० जना