काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
यससँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेकाे छ।
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण १० हजार ८ सय ८९ जनाको मृत्यु भएको हो।