काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ५१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३६४ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
गत २४ घन्टामा नेपालमा थप एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही अवधिमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण १० हजार ८७९ जनाको मृत्यु भएको हो।