काठमाडौं– मध्यबानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रमा फेला परेको भनिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।
अस्पतालको तस्रो तलामा शंकास्पद वस्तु भेटिएपछि नेपाल प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो। सेनाले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गरेका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पाइएको बताए। कोही कसैले झुक्याउन र तर्साउनलाई यस्तो बस्तु राखिएको हुनसक्ने उनले बताए।