काठमाडौं- विराट नेपाल मेडिकल ट्रष्टद्दारा स्वास्थ्य कार्यालय महोत्तरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
ट्रष्टले करिब सात लाख पिपिई सहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। महोत्तरीका करिब १० स्वास्थ्य संस्थालाई सामग्री सहयोग गरेको ट्रष्टका पोजेक्ट कोडिनेटर डा. मनोज कुमार साहले जानकारी दिए।
उनका अनुसार पिपिई, सर्जिकल माक्स, पञ्जा ,फेस सिल, सेनिटाईजर, किट, लगायतका सामग्री सहयोग गरेको छ।
महोत्तरी जिल्लाको १५ वटा स्थानीयतहमध्ये १० वटा स्वास्थ्य संस्थालाई ७ लाख बराबरको पिपिई किट‐२००, सर्जिकल माक्स एक हजार, केएन ९५ पाँच सय थान, ग्लोब्स ६० बाकस, फेस सिल्ड २५०, स्यानिटाइजर १००० थान स्वास्थ्य सामग्री प्रदान गरिएको उनले जानकारी दिए।
कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मीहरू र ल्याबकर्मीको सुरक्षाको सामग्रीको सहयोग गरेको साहले जानकारी दिए। ट्रष्टले विभिन्न परियोजना मार्फत क्षयरोग नियन्त्रणको काम विगत ४ वर्षदेखि गर्दै आएको छ।