काठमाडौं- सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले दिएको राजीनामा स्वीकृत गरेको छ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले रेग्मीले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्।
रजिष्ट्रार रेग्मी पछिल्लो समय निकै विवादमा आएका थिए। प्रतिष्ठानमा भएको अनियमितता तथा बेथितिमा रजिष्ट्रार सहितका पदाधिकारीको समेत मिलेमतो रहेको छानबिनका क्रममा फेला परेको थियो।
डा रेग्मीले भदौ ११ गते राजीनामा दिएका थिए।