काठमाडौं- सरकारले स्वास्थ्य खोप, अक्सिजन र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योलाई पाँच वर्षसम्म कर छुट दिने भएको छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै उक्त व्यवस्था गरेको जानकारी दिएका हुन्।
संशोधित बजेटमा स्वास्थ्य खोप, अक्सिजन ग्यास र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिका दुई वर्षसम्म पचास प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।