काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्कासल सार्वजनिक गर्ने, अख्तियारले छानबिन अगाडि बढाएको लगायतका ८ विषयका विषयमा जानकारी दिएको छ।
मन्त्रालयले भदौ २० गतेदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा अवरुद्ध रहेको भन्दै तत्कालै अवरुद्ध सेवा चलाउन आग्रह गरेको हो।
सरकारले छानबिन लगायतका प्रक्रिया अगाडि बढाएपछि रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत समेत भइसकेको छ।
प्रतिष्ठान शुद्धीकरणको माग राख्दै प्रतिष्ठानमा तीन महिनादेखि आन्दोलन भइरहेको छ।
