काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयनको सूचना प्रकाशित गरेको छ।
आयोगले छात्रवृत्ति, आरक्षण तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयनसम्बन्धी सूची प्रकाशित गरेको हो।
आयोगले चिकित्सा शिक्षाका स्नातक तहमा सबै विश्वविद्यालय र त्यसअन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुमा यसै शैक्षिक सत्रका लागि सञ्चालिन एकीकृत प्रवेश परीक्षाको योग्यताक्रमका र परीक्षार्थीहरुले निर्धारण गरेको प्राथमिकताका आधारलाई आधार बनाएर सो सूची प्रकाशित गरेको जनाएको छ।
आयोगले सो सूचीमा सूचीकृत भएका विद्यार्थीहरुले भदौ ३१ गते ५ बजेभित्र आफू पूर्वमनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भएको जानकारी अनलाइन प्रोफाइलमार्फत् दिनुपर्ने जनाएको छ।
कुनै एक सिटमा मात्र पूर्वमनोनयन भएको उम्मेदवारले तोकिएको समयावधिभित्र कुनै जानकारी नगराएमा पूर्वमनोनयन स्वतः स्वीकार गरेर मानिने तर एकभन्दा बढी शैक्षिक कार्यक्रममा पूर्वमनोनयन भएको अवस्थामा अनिवार्यरूपमा कुनै एक कार्यक्रममा मात्र सहमति जनाउनुपर्ने जनाएको छ।
कुनै एक कार्यक्रममा सहमति नजनाए कुनै पनि सिटमा मनोनयन गर्न नसकिने आएको जनाएको छ।
यी हुन् छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयन सूची