काठमाडौं - कोरोना संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २१ देखि ३० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १ हजार १४६ जना संक्रमित भेटिएकोमा २७० जना मात्र २१ देखि ३० वर्षका उमेरका व्यक्ति छन्।
यस्तै, ३१ देखि ४० वर्षका २६५, ४१ देखि ५० वर्षका २००, ५१ देखि ६० वर्षका १४९, ११ देखि २० वर्षका ९६, ६१ देखि ७० वर्षका ७७, ७१ देखि ८० वर्षका ४१, ८० वर्ष माथिका १५ र १० वर्षसम्मका १३ र अज्ञात १३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।