काठमाडौं– चिकित्सक तथा स्वास्थ्य सेवाका कर्मचारीहरुको विरोधपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा स्वास्थ्य सेवा तर्फका सचिव हुने गरी दरबन्दी तेरिज स्वीकृत गरिएको छ।
बागमती प्रदेश सरकारले स्वास्थ्य तर्फका सचिव नै रहने गरी दरबन्दी तेरिज प्रस्ताव गरी सोमबार स्वीकृत गरेको हो।
यसअघि बागमती प्रदेश सरकारले सचिव तर्फ प्रशासन तर्फबाट सचिव हुने गरी प्रस्तावित दरबन्दी तेरिज बनाएको थियो।
सो सरवन्दी तेरिज सार्वजनिक भएपछि नेपाल चिकित्सक संघ लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दी तेरिज सच्याउन माग गरेका थिए।
चिकित्सकहरुको माग पछि प्रदेश सरकारले यसअघिको प्रस्तावित दरबन्दी तेरिज संसोधन गर्दै ११ औं तहका स्वास्थ्य सेवा तर्फका सचिव हुने व्यवस्था गरेको हो।